spot_img

सरकारले विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको छ ः अर्थमन्त्री

spot_img

रुकुम,अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको बताएका छन् । पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण, दीर्घ रोगीलाई मासिक पाँच हजार उपचार खर्च, घाइते अपाङ्गता भएका व्यक्तिलाई उपचार खर्च दिनेजस्ता कार्यक्रम सोही अनुसार बजेटमा राखेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले आयोजना गरेको सभालाई आइतबार सम्बोधन गर्दै उनले गरिबी र अभाव अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए । सो अवसरमा उनले राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकामा कम्तिमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पु¥याइएकोजस्ता कार्यक्रमको चर्चा गरेका थिए ।

यी कार्यक्रमलाई उनले जनमुखी कार्यक्रमको संज्ञा दिए ।‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,’ उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुनसक्छ ।’मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img