spot_img

प्रदूषण व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बेला आएको छ ः मन्त्री झाँक्री

spot_img

काठमाडाैँ, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएकी छन्। मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बेला आएको बताएकी हुन्।

उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै उनले सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताइन्।

‘कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो हाम्रो प्रायोरिटी यो हो भनेर। स्वभाविक रुपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरु हाम्रो सरकारको प्राथमिकता हो। त्यहाँ केही विषयहरु बोलिए र हामीले त्यसलाई अरु ढंगले पनि प्रेजेन्ट गरिरहेका छौँ,’ उनले भनिन्, ’एउटा अनौठो तथ्यांक देखेँ मैले–२०३० सम्म हामीले १५ प्रतिशत स्वच्छ र सस्तो ऊर्जाको विकास गर्ने भनेका छौँ, जबकी हाम्रो उर्जा भनेर केलाई भन्ने ? दाउरा आदि इत्यादीलाई पनि उर्जा भन्ने हो भने त फेरि हाम्रो अर्को कुरा हुने होला ! आजको दिनमा अरुकै कुराहरुलाई हामीले ध्यान दिएको जस्तो पनि लाग्छ।’

मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्नेमा पनि जोड दिइन्। उनले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नै नगरी सुनेको भरमा मात्रै बोल्दै हिँडेको टिप्पणी गरिन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img