सार्वजनिक स्थलमै एकल दलित महिलामाथि कुटपिट

काठमाडाैँ, प्रहरी कार्यालयअगाडि वृद्धा दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्ने पक्राउ नपरेको भन्दै पीडित र दलित अगुवाले संघर्ष थालेका छन् । २३ कात्तिकमा सुनसरीको दुहबी नगरपालिका–५ की ७० वर्षीया लक्ष्मी परियार र उनकी ४० वर्षीया छोरी आरती परियारमाथि इलाका प्रहरी कार्यालयअगाडि नै कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुहबी नगरपालिका–४ का रोशन कार्की, उनका भाइ रवि कार्की र ज्वाइँ सन्तोष कर्णलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र दलित अगुवाले मंगलबार प्रहरी कार्यालयअगाडि पत्रकार सम्मेलन गर्दै न्यायका लागि संघर्ष थालेका हुन् ।

जातीय गालीगलौज गर्दै कुटपिट गर्नेलाई पक्राउ गरेर अनुसन्धान अगाडि नबढाएसम्म न्यायको संघर्ष निरन्तर जारी राख्ने उनीहरूले बताएका छन् । न्यायका लागि मानवअधिकार र दलित आयोगदेखि मुख्यमन्त्री, गृहमन्त्रीसम्म जाने उनीहरूको तयारी छ । पीडितले आफूहरूलाई कुटपिट गर्नेमाथि किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ नगरेकाले न्यायका लागि संघर्ष थाल्न बाध्य भएको बताए । ‘हामीलाई कुटपिट गर्नेलाई पक्राउ गराउन आइजी, मुख्यमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री क–कसलाई भेट्नुपर्ने, कहाँ–कहाँ जानुपर्ने हो र कस्तो अनशन बस्नुपर्ने हो, तयार छौँ,’ पीडित लक्ष्मीले भनिन् ।

दलित अगुवा ज्ञानबहादुर परियारले बल र पैसाको भरमा न्याय मार्न खोजिएकाले सबै दलित एक भएर न्यायको संघर्षलाई चरणबद्ध रूपमा अगाडि बढाउन बाध्य भएको बताए । ‘प्रहरीकै अगाडि भएको अमानवीय घटनामा प्रहरी चुपचाप छ, यसैले शान्तिको मन्दिरलाई अपराधीको क्यान्टिन बन्न कदापि दिँदैनौँ,’ उनले भने । परियार सेवा समाज मोरङका अध्यक्ष रत्न परियारले आँखैअगाडिको अमानवीय घटनामा पनि प्रहरी गम्भीर नहुनु दुःखद भन्दै पीडितलाई साथ दिन आफूहरू तयार रहेको बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!