डाेल्पाकाे यातायात क्षेत्रलाइ व्यवस्थित बनाइदैँःटिकट अनिवार्य काट्नु पर्ने देखि समितिले सबै व्यवस्थापन गर्ने ( निर्णय सहित )

डाेल्पा,डाेल्पाकाे यातायात क्षेत्रलाइ व्यवस्थित हुने भएकाे छ । मंसिर १४ गते प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालयका प्रमुख,डाेल्पा उद्याेग वाणिज्य संघ,नागरिक समाज,ट्राफिक कार्यालय,डाेल्पा यातायात प्रा.लि र फाेक्सुणडाे यातायात प्रा.लि विच बसेकाे बैठकले यातायात क्षेत्रलाइ ब्यवस्थित गर्ने निर्णय भएकाे हाे । यातायात क्षेत्रमा देखिएकाे विभिन्न समस्यालाइ ब्यवस्थित गर्ने उदेश्यका साथ बसेकाे बैठकले समिति मार्फत गाडी व्यवस्थापन गर्ने देखि यात्रुले टिकट अनिवार्य लिनुपर्ने  नियमकाे सुरूवात गरिएकाे छ ।

निश्चित स्थान दुनै,जुफाल र सुँप्पानीमा निश्चित भाडादर ताेकेर लागु गर्ने निर्णय समेत भएकाे छ । बैठकले दुनै-सुप्पानी,सुप्पानी-दुनै ३ सय २५,दुनै-जफाल,जुफाल-दुनै ३ सय ५० भाडादर कायम गरेकाे छ भने खदाङ-कान्छिवजार,कान्छिवजार-खदाङ ४ सय भाडादर कायम लागु हुने भएकाे हाे । मुलुकमा बढेकाे पेट्राेलियम पदार्थकाे मुल्यवृद्दी र दुर्गममा यातायात क्षेत्रका समस्यालाइ मध्येनजर गर्दै भाडा समायाेजन गरिएकाे डाेल्पा यातायात प्रा.लिका अध्यक्ष सुवास डाँगीले जानकारि दिनुभयाे ।

अव जिल्लामा यातायात क्षेत्रका समस्यालाइ विस्तारै सुधार गर्दै जाने तत्काल टिकट काट्नुपर्ने देखि चालक,सहचाललाइ परिचयपत्र अनिवार्य लागु गर्ने फाेक्सुणडाे यातायात प्रा.लिका अध्यक्ष धनचन्द्र बैजिकाे भनाइ छ ।

निर्णयः

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!