कांग्रेस महाधिवेशनः कर्णाली प्रदेशका पदाधिकारीमा पनि संस्थापन पक्षका निर्वाचित

सुर्खेत, नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको पदाधिकारीमा पनि संस्थापन पक्षबाटै निर्वाचित भएका छन्।सभापतिमा निर्वाचित ललितजंग शाहीको प्यानल नै पदाधिकारीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।प्रदेश कार्य समितिको उपसभापतिमा कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याए भने कार्कीले ४४३ मत ल्याएका छन्।

महामन्त्रीमा ४२३ मतसहित कृष्णबहादुर रोकाया र ४२५ मतसहित निरञ्जन केसी निर्वाचित भएका छन्सह–महामन्त्रीमा खुलाबाट उपेन्द्र थापा (४३० मत) र एकराज डाँगी (४५९ मत) निर्वाचित भएका छन्।महिला कोटाबाट रामछायाँ कुमारी शाही सह महामन्त्रीमा निर्वाचित भएकी छन्।खुलाबाट सह महामन्त्रीमा निर्वाचित थापा सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर हुन् भने महिला कोटाबाट निर्वाचित शाही जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष हुन्।सदस्यहरूको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!