रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती ः सक्नुहुन्छ भने विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउनुस्

 काठमाडौं, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै सिंहले अध्यक्ष मिश्रलाई कलेज तथा विश्वविद्यालयबाट राजनीति रोक लगाउन चुनौती दिएकी हुन् ।

शनिबार मिश्रले कार्यक्रम गर्दै कलेज तथा विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठन खारेज गर्ने बताएका थिए ।उनले सडकमा अखिल क्रान्तिकारी, नेविसंघ, अखिल र समाजादी बिध्यार्थी यूनियनसहित दर्जनौ विद्यार्थी संगठनसहितका मुलुकको पौने एक करोड विद्यार्थीहरुको संगठनको तागतलाई कम नआक्न मिश्रलाई चेतावनी दिइन् ।उनले भनिन्, ‘रवीन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वबिद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानरअघि उभिएर कलेज र विश्‍वविद्यालयबाट विद्यार्थी राजनिती हटाउने कुरा गर्नुभएछ ।

म चुनौतीका साथ भन्‍न चाहन्छु, सक्नुहुन्छ भने रोक लगाएर देखाउनुस्।’अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले सम्हालिरहेको उनले जिकिर गरिन्। यसका साथै साझा विवेकशीलका अध्यक्ष मिश्रलाई विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न समेत सुझाव दिइन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!