spot_img

कोरोनाबाट ज्यान गुमाउने बढ्दै, पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु

spot_img

काठमाडौं, लकडाउन खुलेयता कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै ज्यान गुमाउनेको संख्यामा पनि ह्‍वात्तै वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बुधबार बताए अनुसार पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाएका छन्। पछिल्लो समय ज्यान गुमाउनेमा युवा र प्रौढ उमेर समूहका पनि रहेका छन्। पछिल्लो २४ घण्टामा ज्यान गुमाएकामध्ये २ जना ४० वर्षमुनीका छन् भने अन्य ६ जना ४० वर्षमाथिका छन्। गौतमका अनुसार ज्यान गुमाउनेमध्ये तीनजना ६० वर्षमाथिका छन्। गौतमले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।

त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन्। धादिङको नीलकण्ठ नगरपालिका(१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ। कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका १ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ। त्यस्तै जनकपुर उपमहानगरपालिका १ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। उता सप्तरीको डाक्नेश्‍वरी ८ घर भई हाल राजविराज नगरपालिका ६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ। मोरङमा पनि कोरोनाबाट ज्यान गुमाउने थपिएका छन्।

मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ। कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका २ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ।

अर्कातिर बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ। यसरी बुधबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१ पुगेको छ।

काठमाडौंमा दैनिक सयबढी भेटिँदै संक्रमित, बुधबार १३८ जनामा पुष्टि 

संवाददाता ३ घण्टा अघि साउन २८, २०७७ काठमाडौं स् काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित भेटिने दर दैनिक सयभन्दा उकालो लागिरहेको छ। केही दिनयता उपत्यकामा एक सयभन्दा धेरै संक्रमित भेटिन थालेका हुन्। बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा १३८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १०९ जना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १०, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २९, पाटन अस्पतालमा ११, वीर अस्पतालमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा २२, स्टार अस्पताल प्रयोगशालामा ९, विधि ल्याबमा ५, ह्याम्स हस्पिटलमा ८, वीरेन्द्र अस्पतालमा २ जना कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी भक्तपुरका ८ जना र ललितपुरका २१ जनामा बुधबारै कोरोना पुष्टि भएको गौतमले जानकारी दिएका छन्। बुधबार देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img