spot_img

१६० निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न, एक क्षेत्रमा जारी रहँदा चार क्षेत्रमा अनिश्चित

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १६० प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देशभर रहेका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सर्लाहीका चार र सप्तरीको एक निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा अधिबेशन सम्पन्न भएको छ। ‘सर्लाहीका चार र सप्तरीको एक निर्वाचन क्षेत्रमा बाहेक अधिबेशन सम्पन्न भइसकेको छ,‘ उनले भने, ‘सप्तरीमा आज चुनाव छ।’

सचिव श्रेष्ठका अनुसार सर्लाहीमा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाइसकिएको र सप्तरी निर्वाचन क्षेत्र नं ४ मा अहिले निर्वाचन जारी छ। महोत्तरी क्षेत्र नं ४ मा भने अधिवेशन सम्पन्न भइ मत गणनाको विषयमा विवाद रहेकाले यसबारे निर्णय हुन बाँकी छ। सचिव श्रेष्ठले चयन भएका महाधिबेशन प्रतिनीधिको यकिन विवरण निर्वाचन समितिले संकलन गरिरहेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img