spot_img

युसेवा सञ्चालककाे चेतावनी सेवा नखुलाए आन्दोलनमा जान्छौं,टिकट काटेका यात्रुकाे के हाेला ?

spot_img

काठमाडौं,सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् ।

सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । निजी गाडी, एम्बलेन्स, तरकारी बोक्ने गाडीमा घण्टौं यात्रा गराएर एक शहरबाट अर्को शहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पुरा गरी अधिकतम् एक घण्टाको उडानबाट कोरोना फैलन सक्ने सरकारको आंशकाप्रति पनि व्यवसायीले प्रश्न उठाएका छन् ।

वायुसेवा सञ्चालक संघले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै हवाई उद्योग अब धरासायी हुने अवस्थामा पुगेको उल्लेख गरेको छ । भाद्र १ बाट उडान संचालनका लागि संघका सदस्य वायुसेवा कम्पनी पूर्णरुपमा तयार भएको भन्दै संघले पुनः १५ दिनको प्रतिवन्धले आम यात्रु, श्रमिक तथा उद्योगलाई समेत अन्याय भएको आयोनले उल्लेख गरेको छ ।

देशमा बाढी पहिरो, असक्त बिरामी, सुत्केरीको उद्धारमा समेत नियमित उडान नहुँदा समस्या भइरहेको भन्दै आयोनले उनीहरुको मर्मलाई ध्यानमा राख्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

१० चैतयता हवाई सेवा बन्द छ । यसरी लामो समय हवाई सेवा लामो समयसम्म बन्द हुँदा त्यसले प्रत्यक्ष परोक्ष आश्रति हजारौं श्रमिकको आयस्रोत र उनीहरुमा आश्रति परिवारको रोटीरोटी बन्द भएको व्यवसायीले उल्लेख गरेका छन् । व्यवसायीले हवाई उद्योगलाई धरासायी हुनबाट समेत बचाउन अग्रह गरेका छन् ।

सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा संचालनको वातावरण नबनाए व्यवसायी आन्दोलनमा जान बाध्य हुने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको छ ।

संघको तर्फबाट अध्यक्ष क्या रामेश्वर थापाले भनेका छन्, ‘आन्तरिक हवाई सेवा तत्काल संचालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ बाट हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावस हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।’

टिकट काटेका यात्रु अलपत्र

सरकारले १ भदौबाट हवाई उडान खोल्ने भनेसँगै यात्रुले धमाधम बुकिङ थालेका थिए । वायुसेवा कम्पनीले ५ साउनबाटै बुकिङ खोलेका थिए । तर, उडान प्रतिवन्ध लम्बिएपछि यात्रुको योजना पुनः अवरुद्ध भएको छ । यसले हजारौं यात्रु प्रभावित बनेका छन् ।

यात्रुले वायुसेवा कम्पनीको काउन्टर वा आधिकारक वेबसाइटबाट काटेको टिकटको पैसा भुक्तानी गरिसकेको भए मिति सार्न वा तत्काल फिर्ता लिन सक्छन् ।

तर, अन्य बुकिङ इन्जिनबाट टिकट काटेको भए तत्काल फिर्ता लिन सहज हुँदैन । यो अवस्थामा यात्रुलाई झण्झट थपिएको छ । यसले गन्तब्यमा जान उडान कुरेर बसिरहेका हजारौं यात्रु पुनः अलपत्र परेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img