spot_img

सरकारले भन्योः जाेखिममा रहेकाले आफ्नै खर्चमा पिसिआर परीक्षण गराउनू

spot_img

काठमाडाैँ,सरकारले कोरोना संक्रमणको जोखिममा रहेका उद्योग तथा अन्य व्यवसायमा संलनग्न रहेकालाई शुल्क तिरेर परीक्षण गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले एक सूचना जारी गर्दै जोखिममा रहेकालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न आग्रह गरे।

‘नेपालका घनाबस्ती भएका जिल्लाका शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु, धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ,’ सूचनामा भनिएको छ ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने, गराउने व्यवस्था गर्न गराउन अनुरोध गरिन्छ।’

सरकारले पिसिआर परीक्षण गरेको अधिकतम शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ। काठमाडौं‌ उपत्यकामा सरकारी अस्पतालहरु पाटन, वीर, टिचिङबाट सशुल्क कोरोना परीक्षण गर्न सकिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img