spot_img

कांग्रेसको १४औँ महाधिवेशन ः कोषाध्यक्षबाहेक सबै पदाधिकारी पहिलोपटक निर्वाचनबाट चुनिँदै

spot_img

काठमाडाैँ, १४औँ महाधिवेशनमा कांग्रेसले कोषाध्यक्षबाहेक सबै पदाधिकारीको चयन प्रत्यक्ष निर्वाचनबाट गर्दै छ । आसन्न महाधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित गर्नेछ । कोषाध्यक्षका लागि भने सभापतिले नाम प्रस्ताव गरेपछि नवनिर्वाचित कार्यसमितिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

सभापति पदको उम्मेदवार बन्न १५ वर्ष निरन्तर क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । उपसभापति, महामन्त्री, सह–महामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न सक्नेछन् ।सभापति, उपसभापति र महामन्त्रीका लागि क्लस्टर नछुट्याएको कांग्रेसले सह–महामन्त्रीका लागि भने क्लस्टर छुट्याएको छ । आठ सह–महामन्त्री पदमा महिलाबाट एक, आदिवासी जनजातिबाट एक, दलितबाट एक, मधेसीबाट एक, खस–आर्यबाट एक, थारूबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एकजना निर्वाचित हुनेछन् ।

केन्द्रीय सदस्यमा पनि विभिन्न क्लस्टरबाट निर्वाचित भएर आउने व्यवस्था छ । केन्द्रीय सदस्यमा खुलातर्फ ३५ सदस्य निर्वाचित हुनेछन् । नौ महिला पनि प्रत्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, हरेक प्रदेशबाट एक–एक महिलासहित तीन–तीन केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

दलित, मधेसी, थारू, मुस्लिम क्लस्टरबाट ५४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । दलितबाट चार महिलासहित नौ, आदिवासी जनजातिबाट सात महिलासहित १५, खस–आर्यबाट ६ महिलासहित १३ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मधेसीबाट चार महिलासहित नौ, थारूहरूबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीनजना र पिछडिएको क्षेत्रबाट एक–एकजना निर्वाचित हुनेछन् । यस्तै, अल्पसंख्यक एक र अपांगता भएकाहरूबाट दुईजना निर्वाचित हुनेछन् ।

निर्वाचित अलावा ३३ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न सक्ने विधानमा प्रावधान छ । कांग्रेसको विधानले भनेको छ, ‘केन्द्रीय सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्नेछ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img