spot_img

सरकार खरिद नियमावली संशोधन गर्ने तयारीमा छ ः मन्त्री झाँक्री

spot_img

काठमाडाैँ, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले खरिद नियमावली संशोधन गर्ने तयारी गरिरहेको बताएकी छिन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४औँ राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

सरकारको विकास निर्माणको पुँजीगत खर्च गर्ने क्षेत्र नै निजी क्षेत्र भएको बताउँदै उनले भनिन्, ‘सरकारको सार्वजनिक खर्च गर्ने र विकासशील नेपाल बनाउन प्रमुख भूमिका रहने भएकाले निर्माण व्यवसायीलाई इज्जत चाहिँन्छ। त्यसैले सरकारले अहिले भएका कानुनलाई सरलीकृत गर्नु आवश्यक छ । योजना छनोटदेखि कार्यान्वयनसम्मका योजना बनाउनुपर्छ । निर्माण ऐनलाई सामूहिक परिर्वतन गर्नुपर्छ ।

अहिले विविध कारणले नियमावलीमा मात्रै संशोधन गरेका छौँ । निर्माण क्षेत्रमा भएका सबै समस्या समाधान गर्न खरिद नियमावली संशोधन गर्न आवश्यक छ । सरकारले त्यसको तयारी गरिरहेको छ।’मन्त्री झाँक्रीले नेपालीको विकास, समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको बताइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img