spot_img

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा

spot_img

धनगढी,नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । मंसिर २५ र २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि आवश्यक तयारी तीव्र बनाइएको सो पार्टीले जनाएको छ ।विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले  जानकारी दिए ।

७ वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट उद्घाटन गर्ने उनले बताए ।उनले प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिएको र समितिले टुङ्गो लगाएपछि शुक्रबार मात्र फाइनल हुने बताए । करिब एक हजार एक सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईन्चार्ज एवं प्रचारप्रसार विभाग प्रमुख विना मगरले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेको उनले बताइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img