डाेल्पा,नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) डाेल्पामा पार्टी कार्यालय उद्द्घाटन तथा जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सुरूवात गरेकाे छ । शुक्रबार डाेल्पा सदरमुकाम दुनैमा जिल्लाभरीका सयाैँ नेता कार्यकर्ताहरू र्याली सहित पार्टीकाे पहिलाे कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रममा समाजवादी पार्टीका उप-महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला,कर्णाली प्रदेशकै अध्यक्ष अमर वहादुर थापा,पाेलिटव्युराे सदस्य सदस्य हंसवहादुर शाही,डाेल्पा जिल्लाका अध्यक्ष नन्दसिंह बुढा लगाएत जिल्लाका नेपाकार्यकर्ताकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा माओवादी केन्द्र काइके गाउँपालिका डाेल्पाकी महिला इन्चार्ज मिलन शाही सहित ६० जनाले अन्य पार्टी परित्याग गरि समाजवादी प्रवेश गरेका थिए । कार्यक्रममा बाेल्दै उपमहासचिव प्रकाश ज्वालाले डाेल्पा समाजवादी पार्टीकाे लालकिल्ला हुने बताउनु भयाे । प्रतिनिधिसभा देखि प्रदेश र स्थानीयतहमा पार्टी राम्राे पकट रहेकाे भन्दै सबै पद जित्ने दावी समेत गर्नु भयाे । एमाले अध्यक्ष केपी ओलीकाे दम्भका कारण पार्टी पुटेकाे दावी गर्दै अव नयाँ शीराबाट अगाडी बढ्ने समेत उहाँकाे उद्घाेष थियाे ।
यस्तै कार्यक्रममा बाेल्दै कर्णाली पार्टी अध्यक्ष अमर वहादुर थापाले पार्टी भरखर शुरूवाती चरणमा रहेकाे र गाउँगाउँ पुग्ने अभियान शुरू भएकाे बताउँदै केपी ओलीका कारणा कम्युनिष्ट आन्दाेलन तहसनहस भएकाे बताउनु भयाे ।
डाेल्पामा समाजवादी पार्टी बलियाे पार्टी भएकाे जिल्ला पार्टी अध्यक्ष नन्दसिंह बुढाकाे भनाइ थियाे । अव जिल्लाभरका गाउँगाउँसम्म अभियान सञ्चालन गरेर समाजवादी पार्टीलाइ १ नम्वरकाे पार्टी बनाउने समेत उहाँकाे दावी थियाे । कार्यकर्ताकाे सहि मुल्याङ्कन गरेर जिम्मेवारी समेत चाडैँ ताेकिने उहाँले जानकारी समेत दिनुभयाे ।



















