spot_img

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरोः २ जनाको शव भेटियो,१९ अझै बेपत्त

spot_img

काठमाडाैं,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भीषण पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ३ घरका २१ जना पुरिएका छन् । पहिरोमा पुरिएका पाँच जनाको उद्धार गरिएको छ । उनीहरुमध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । वडाध्यक्ष प्रताप लामाका अनुसार पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन । उनले भने, ‘पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ, उद्धार जारी छ ।

पहिरोले गाउँ नै पुरिएपछि उद्धार टोली हेलिकोप्टरबाट जाने तयारी भइरहेको छ । जनप्रतिनिधिले चाँडो भन्दा चाँडो घटना स्थलमा घाइतेहरूको उद्धार कार्यमा लाग्न अपिल गरेका छन् ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धारको काम गर्दै गरेको जिल्ला प्रशासन कार्यालयकी प्रसाशकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img