spot_img

गगनले भने ः ‘समुन्नत नेपाली, सम्मानित नेपाली’प्रति ओलीको टिप्पणी हतारो

spot_img

काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को अवधारणाप्रति केपी शर्मा ओलीले हतारमा टिप्पणी गरेको बताएका छन्। शनिबार ट्वीट गर्दै उनले अवधारणा पढेको थाहा पाएर खुशी लागेको बताएका हुन्।उनले लेखेका छन्, ‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ’समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ।’

थापाले तेह्रो महाधिवेशनमै पार्टीको रुपान्तरण हुनुपर्ने प्रस्ताव अगाडि सारेको बताए। उनले भने, ‘मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब ’समुन्नत नेपाल सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु।’

थापाले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ’समुन्नत नेपाल सम्मानित नेपाली’को सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा ओलीसँग जम्काभेट हुने बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img