काइके,डाेल्पा जिल्लाकाे काईके गाउँपालिकामा १५ गते जिल्ला स्तरीय भलिवल र फुटवल प्रतियाेगिता शुरू भएकाे थियाे । गाउँपालिकासँगकाे समन्वयमा पालिकाकै वडा नं ३ गुम्बातारामा हुने प्रतियाेगिता माउन्ट पुथा युवा क्लबले आयोजना गरेकाे थियाे । शनिबार भएकाे खेलमा मिलन युवा क्लब शहरतारालाई हराउँदै साइक्वारी युवा क्लब माझफालले उपाधि जितेकाे हाे ।
प्रतियाेगितामा जिल्ला भरिबाट भलिबल खेलमा १३ टाेलिकाे सहभागिता रहेकाे थियाे भने फुटवलका लागि १२ टाेलिकाे सहभागिता रहेकाे आयाेजक कमिटिका संयाेजक चन्द्र बुढाले जानकारी दिनु भयाे । बुढाका अनुसार १५ गते विहान ११ बजे उद्घाटन भने समापन २६ गते हुने छ। प्रतियाेगिता भव्य र सभ्य हुने आयोजककाे दावी छ ।विजेता हुने टिमले निम्नअनुसारकाे पुरस्कार प्राप्त गर्ने छन् ।
फुटवल तर्फः
प्रथम – रु १,१५,०००
द्वितीय -रु ५०,०००
तृतीय रु ३०,०००
भलिवल तर्फः
प्रथम – रु १,१५,०००
द्वितीय – रु ५०,०००
तृतीय – ३०,०००
साथै सिल्ड, पदक र प्रमाणपत्र अनिवार्य हुनेछ र उत्कृष्ट खेलाडी पनि छनोट हुनेछ।

















