spot_img

इंग्लिस प्रिमियर लिगमा लेष्टरको फराकिलो जित, आठौं स्थानमा उक्लियो

spot_img

लन्डन,लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा लेष्टरले न्युकासललाई ४–० गोल अन्तरले हराउँदै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ।घरेलु मैदानमा लेष्टरलाई जिताउन युरी टिलमेन्सले दुई गोल गर्दा पाट्सन डाका र जेम्स म्याडिसनले एक–एक गोल गरे।

खेलको ३९ औं मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए ।पहिलो हाफसम्म १–० ले अघि रहेको लेस्टरले दोस्रो हाफमा थप ३ गोल थप्यो।उसका लागि ५७ औं मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

खेलको ८१ औं मिनेटमा युरीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३–० को अग्रता दिलाए ।त्यसपछि खेलको ८५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई ४–० को स्पष्ट जित दिलाए ।यो जितसँगै लेष्टर १६ खेलमा २२ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ। रेलिगेशन जोनमा रहेको न्युकासलले १० अंक जोडेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img