दाङ, माओवादी केन्द्रले महाधिवेशनका लागि दाङबाट प्रतिनिधि छनोट गरेको छ । महाधिवेशनका लागि दाङबाट १५ जना नेतालाई छनोट गरिएको हो । भालुवाङमा जारी लुम्बिनी प्रदेशस्तरीय सम्मेलनले पूर्व सांसद कुवेर वलीसहित १५ जनालाई महाधिवेशन प्रतिनिधिका रुपमा छनोट गरेको छ ।
छनोट गरिएका हरुमा लुमकान्त न्यौपाने, तुलसीराम पुन, लिला शर्मा, भिमकुमारी बाँठा, लुमबहादुर कार्की, डिल्ली अधिकारी, बसन्तराज शर्मा, लेखरजासिंह रेग्मी, गोपाल वली, भिमबहादुर वली, विश्वराज आचार्य, प्रेमराज वली, साउने चौधरी र प्रमोद शर्मा रहेका छन् ।साथै पार्टीको लुम्बिनी प्रदेश सदस्यमा दाङबाट २७ जनालाई छनोट गरिएको छ ।