काइके डाेल्पा,डाेल्पा जिल्लाकाे काईके गाउँपालिकामा मंसिर १५ गते देखि शुरू भएकाे जिल्ला स्तरीय भलिवल र फुटवल प्रतियाेगिता भव्य र सभ्यरूपमा सम्पन्न भएकाे छ । गाउँपालिकासँगकाे समन्वयमा पालिकाकै वडा नं ३ गुम्बातारामा हुने प्रतियाेगिता माउन्ट पुथा युवा क्लबले आयोजना गरेकाे थियाे । १५ गते देखि २७ सम्म जिल्ला स्तरीय भलिबल र फुटबल प्रतियोगिता शान्तिपूर्ण रूपमा भव्यताका साथ सम्पन्न भएकाे आयाेजक कमिटिका संयाेजक चन्द्र बुढाले बताए । प्रतियाेगितामा शनिबार भएकाे खेलमा मिलन युवा क्लब शहरतारालाई हराउँदै साइक्वारी युवा क्लब माझफालले उपाधि जित्न सफल भयाे। यस्तै तेस्राे स्थान भने माउन्ट पुथा युवा क्लव गुम्वाताराले जित हासिल गर्याे ।
फुटवल तर्फकाे उपाधि माउन्टपुथा युवा क्लव गुम्वाताराले उचाल्याे,दाेस्राे स्थान मिलान युवा क्लव सहरतारा भयाे भने टुप्पातारा युवा क्लव तेस्राे स्थान हासील गर्न सफल भयाे ।
विजेता हुने टिमले निम्नअनुसारकाे पुरस्कार प्राप्त गरेका छन् ।
फुटवल तर्फः
प्रथम – रु १,१५,०००
द्वितीय -रु ५०,०००
तृतीय रु ३०,०००
भलिवल तर्फः
प्रथम – रु १,१५,०००
द्वितीय – रु ५०,०००
तृतीय – ३०,०००
साथै सिल्ड, पदक र प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।
आयाेजक कमिटिका संयाेजक चन्द्र बुढाले सन्देश जारी गर्दे प्रतियाेगिता भव्य,सभ्य र सफल बनाउन सहयाेग पुर्याउने खेलाडी,सुभचिन्तक,दर्शक,खेलप्रेमी र स्थानीयवासी सबैलाइ धन्यवाद दिएका छन् । प्रतियाेगिताकाे मिडीया पाट्नर इमान्दार खवर रहेकाे थियाे ।





















