काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ सय पुग्याे, अधिकांश मरेपछि मात्रै काेराेना पुष्टी,गुमाउनेहरूकाे नाम सहित
काठमाडाैँ,संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यही भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो। जेठ ३ देखि साउन ३० गतेसम्म १०० दिनभन्दा कम समयमा नेपालमा कोरोना मृत्यु सय पुगेको छ।
-
१० जेठ ३ नेपालमा कोरोनाका कारण पहिलाे मृत्यु सिन्धुपाल्चोककी २० वर्षीया महिला थिइन् ।
-
वैशाख ३० मा भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको थिया। कोरोनाका कारण भएको यो दोस्रो मृत्यु थियो।
-
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय शिक्षकको रुपन्देही, तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो।
-
बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।
-
ललितपुर, बुंगमतीका ५७ वर्षीय पुरुष कलेजोका बिरामी थिए। ११ गते अस्पताल भर्ना भएका उनको १४ गते मृत्यु भयो। उनी नेपालमा कोरोनाबाट मृत्यु हुनेको पाँचौं व्यक्ति हुन्।
-
जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषलाई नेपालमै मृत्यु भएको हो। उनको मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
-
दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवक भारतबाट फर्किएका थिए। दस दिन क्वारेन्टाइन बसेका उनको बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा मृत्यु भएको थियो।
-
बाजुराकी दुई वर्षीया बालिकाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। उनी आफ्नी आमासँगै बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा थिइन्। ती बालिका आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी थिइन्।
-
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। दोलखा भिमेश्वर नगरपालिका २ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।
-
पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषको जेठ २० गते नै मृत्यु भए पनि २२ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।
-
भारतबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवक १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। घर फर्किएकै राति उनको मृत्यु भएको थियो। कोरोनाका कारण यो नेपालमा दसौं मृत्यु थियो।
-
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। ती पुरूष सुर्खेत बस्दै आएका भए पनि जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते उनको मृत्यु भएको थियो।
-
धनगढीकी ५५ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो।
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा, वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको थियो। उनी मिर्गौला, मधुमेह लगायतका रोगको बिरामी थिए।
-
चितवनको भरतपुर अस्पतालमा कोरोना उपचार गराइरहेका भरतपुर नगरपालिका(११ बस्ने ६८ वर्षका पुरूष मृत्यु भएको थियो। मृतकलाई सुगर तथा प्रेसरको समस्या थियो। पछि भने उनको कोरोना र निमोनियाका कारण मृत्यु भएको थियो।
-
अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परी मृत्यु भएका एक पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको थियो। अर्घाखाँची मालारानी गाउँपालिका ४ निवासी ५७ वर्षीय मृतकको बुटवलबाट उपचार गरेर फर्कने क्रममा बाटोमै मृत्यु भएको थियो।
-
वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको थियो।
-
बारा, निजगढका ५ वर्षीय बालकको वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको थियो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
-
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको भारतबाट आएका थिए। धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो। त्यसलगत्तै थप उपचारको लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा लगिएको थियो।
-
बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी ४६ वर्षीय महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि बासिन्दा ती महिला जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन्। उनी मिर्गौलाकी बिरामी थिइन्।
-
कैलालीको लम्कीचुवा नगरपालिका २ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।
-
सुर्खेतमा असार १ गते आत्महत्या गरेकी महिलाको कोरोना परीक्षण गरिएको थियो। असार ३ गते उनको रिपोर्ट आएको थियो। उनी आफ्ना श्रीमान र छोरीसहित भारतबाट आएर क्वारेन्टिन बसेर फर्केकी थिइन्।
-
गोदावारी नगरपालिका ४ निवासी ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो।
-
गुल्मीमा होम क्वारेन्टिनमा बसेका बेला मृत्यु भएका ६९ वर्षीय पुरूषमा करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आएका थिए। होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो।
-
कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका दैलेख, दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको क्षयरोगका बिरामी थिए। असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि कोरोना विशेष अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो।
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकलाई असार ८ गते आइसियूमा भर्ना गरिएको थियो। ती पुरूष कोरोनासहित निमोनिया तथा मधुमेहबाट पीडित थिए।
-
ललितपुरको पाटन अस्पतालमा उपचार क्रममा ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।
-
दाङमा सडकमा मागेर हिँड्ने अन्दाजी ३५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। घोराही उपमहानगरपालिका वडा नं। १५ ट्राफिक चोकमा बस्दै आएकी उनको मृत्यु भएको दुई दिनपछि कोरोना पुष्टि भएको हो।
-
क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा उपचाररत क्रममा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए।
-
ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको थियो।
-
चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो।
-
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको कोरोना भाइरसका कारण मृत्य भयो। शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।
-
रूपन्देही देवदह स्थायी घर भएका ८५ वर्षीय वृद्धको कोरोनाका कारण काठमाडौंमा मृत्यु भयो। नयाँ बानेश्वर बस्दै आएका उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो। उनी क्षयरोगका बिरामी पनि थिए। उनको मृत्यु असार १७ गते नै भए पनि १९ गते मात्र कोरोना पुष्टि भएको थियो।
-
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूष असार १७ गते कतारबाट नेपाल आएका थिए। लगत्तै उनी पालुङटारस्थित क्वारेन्टिनमा बसेका थिए। पछि खोकीलाग्नेजस्ता समस्या देखिएपछि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा लगिएकोमा थियो। मधुमेह र निमोनियाका बिरामी उनको कोरोनाका कारण मृत्यु भएको थियो।
-
बागलुङको क्वारेन्टिनमा मृत्यु भएका २९ वर्षीय पुरुषको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका थिए।
-
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। भीमसेनथापा गाउँपालिका(२ तान्द्राङका २६ वर्षीय पुरुषलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्याएका थिए।
-
काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको थियो। मिर्गौलाका बिरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको थियो।
-
काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो।
-
सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूष क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका थिए। ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो।
-
रौटहट परूवा नगरपालिका ७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको थियो। उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए।
-
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको थियो। मुटुका बिरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो। त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।
-
कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। क्यान्सरका रोगी उनी चौथो स्टेजमा थिए। मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए।
-
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। उनी मृत्यु हुनु अघिल्लो साँझ हृदयाघात भएर अस्पताल भर्ना भएकी थिइन्। भोलिपल्ट बिहानै उनको मृत्यु भयो। उनको मृत्यु पनि मुटुको धड्कन गडबड हुँदा भएको उपचारमा खटिएका डाक्टरले बताएका छन्।
-
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगन्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भयो। मृतकलाई सुरूमा स्वासप्रस्वासमा समस्या देखिएपछि एड्भान्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले कोरोना आशंकामा उनलाई गण्डक अस्पताल रिफर गरेको थियो।
-
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ८५ वर्षीया वृद्धाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। मुटु रोगी समेत रहेकी उनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा निमोनियाको समेत समस्या देखिएको थियो।
-
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको थियो। बारा परवानिपुर वडा नम्बर ८ निवासी युवतीलाई सुरूमा वीरगन्जस्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनमा पखला, श्वासप्रश्वासका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि कोरोना पुष्टि भएर उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो।
-
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। वीरगन्जमा पसल गर्दै आएका उनी ज्वरो र खोकीले थलिएका थिए। सुरूमा उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ केयरमा लगिएको थियो। त्यहाँ आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि गण्डक अस्पताल ल्याइएको थियो।
-
धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपी कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएको थियो।
-
बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो। पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखियो।
-
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय पुरूषलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी मिर्गौलाका रोगी समेत थिए।
-
गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको थियो। उनमा मुटुको समस्या थियो। साउन ८ गते नै अस्पताल भर्ना भएका उनको त्यही क्रममा कोरोना पुष्टि भयो।
-
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या थियो।
-
वीरगन्जस्थित जगदम्बा इन्टरप्राइजेजका सिइओ ६५ वर्षीय मृतक भारतीय नागरिक थिए। साउन ७ गते संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए। अक्सिजन कमी भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। सोही क्रममा उनको मृत्यु भएको हो।
-
वीरगन्जका ३५ वर्षीय पुरुषलाई केही दिनदेखि ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।
-
वीरगन्जका ७५ वर्षीय वृद्धको घरमै मृत्यु भएको थियो। पछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
-
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। आइसियूमा उपचाररत उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।
-
वीरगन्ज १६ निवासी ५० वर्षीया महिलाको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो। उनलाई निमोनियाको समस्या थियो।
-
निमोनियाको समस्या भएकी वीरगन्ज(१६ निवासी ६८ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो।
-
विराटनगरस्थित कोसी अस्पतालमा ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो। अस्पताल भर्ना भएकै दिन मृत्यु भएका उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। मृतक मधुमेह र रक्तचापका रोगी थिए।
-
पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो। उनमा वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले नेसनलमा रिफर गरेको थियो। नेसनल अस्पतालले उनलाई ल्याउँदा ल्याउँदै मृत्यु भएको घोषणा गरेको थियो।
-
वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुष वीरगञ्ज(१५ निवासी थिए। उनलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए। अस्पतालमै उनको मृत्यु भयो।
-
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सर्लाही मलंगवा नगरपालिका(६ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको थियो। मृतकलाई ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो।
-
मनमोहनमा उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनमा संक्रमण देखिएपछि बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो।
मोरङ रंगेलीका ४५ वर्षीय पुरूषको कोसी अस्पताल, विराटनगरमा मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको थियो। परिवारले श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनको कोरोना परीक्षण गरिएको र पोजेटिभ देखिएको थियो।
विराटनगर महानगरपालिका(९ निवासी ४५ वर्षीय पुरुषको कोसी अस्पताल, विराटनगरमा मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना परीक्षण गरिएको र पोजेटिभ देखिएको थियो। उनमा श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो। उनमा मधुमेह र जन्डिसको समस्या पनि थियो।
पर्सामा साउन २१ गते ४६ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपलिका( ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मृत्यु हुनुभन्दा ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए। एक्कासि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान विपी अस्पताल रिफर गरिएको थियो। धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्तपाल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि पछि उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो। मृतक मुटु र मधुमेहका बिरामी समेत थिए।
उनी वीरगन्ज बजारमै पसल गर्दै आएका थिए।
काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएकी ७२ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनुषाकी उनलाई पाँच दिनअघि स्वासप्रश्वासको समस्या आएपछि ओम अस्पताल भर्ना गरिएको थियो। मृतकमा दम र उच्च रक्तचापको समस्या पनि थियो। उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको थियो।
सिराहा, गोलबजारका २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो। उनी दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आएका थिए। अस्पताल ल्याउनेबित्तिकै उनको डायलासिस क्रममा उनको मृत्यु भयो। उनमा कोरोना पोजेटिभ देखिएपछि जनकपुर अस्पतालले डायलासिस नहुने भन्दै धरान रिफर गरिदिएको थियो।
पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो। वीरगन्ज निवासी उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या थियो। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको थियो।
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ४१ वर्षीया महिला पाठेघरको क्यान्सरबाट पीडित थिइन्। मृतकको घर सुनौली थियो।
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीय पुरूष सर्लाहीका थिए। कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो। उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार भइराखेको थियो।
विराटनगर(९ निवासी ५८ वर्षीय पुरूषको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा(ल्याउँदै बाटोमै मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण भएको थियो। मृतकमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या थियो।
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको थियो।वीरगन्ज छपकैया निवासी उनको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो। मृतकलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट रिफर गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए।
केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए।
कोरोना भाइरसको संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड(१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ वर्षीय पुरूषको मृत्यु भएको थियो। मृतक मधुमेहबाट पनि पीडित थिए।
वीरगन्जमा २० वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कोरोना अस्पताल गण्डक लगिएको थियो। अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको थियो। उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पुर्याइएको थियो।
कोहलपुर नगरपालिका( २ की ७० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो। उनलाई निमोनियाको लक्षण देखिएको हुँदा केही दिन पहिले नै अस्पताल भर्ना गरिएको थियो। सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा आइसोलेट गरी राखिएको थियो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।
वीरगन्ज(१५ निवासी ४५ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना अस्पताल गण्डकमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो। उनलाई पहिलादेखि नै थाइरायडको समस्या पनि थियो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।
मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूष कीर्तिपुर ट्याङ्लाफाँट निवासी थिए। उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो। मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या थियो।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरूष पाँच दिनदेखि रुघाखोकी, टाउको दुख्ने लगायतका समस्याले ग्रस्त थिए। उनको मृत्युपश्चात् कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनी विगत पाँच महिनादेखि विनयतारा फाउण्डेसनमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए।
काभ्रे स्थायी घर भएकी ५० वर्षीया महिलाको किस्ट अस्पताल, ललितपुरमा उपचारक्रममा मृत्यु भएको थियो। मृतक महिला निमोनियाका कारण समस्या भएपछि साउन २५ गते अस्पताल भर्ना भएकी थिइन्। मृत्युपश्चात उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
धनुषा, विदेह नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिनदेखि आइसीयुमा उपचाररत उनको कोरोनाको कारण मृत्यु भएको हो।
अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा साउन २५ गते नै मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।
साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको थियो।
कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय पुरुषको बुटवल धागो कारखानास्थित आईसियुमा भेन्टिलेटरमा उपचारक्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ का स्थानीय व्यापारी ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानास्थित आईसियुमा भेन्टिलेटरमा उपचारक्रममा मृत्यु भएको हो। उनी साउन २५ गते अस्पतालमा भर्ना भएका थिए।
ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी कोरोना संक्रमित ३८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि भएको थियो।
सप्तरीको राजविराज नगरपालिका वडा नं। ६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको थियो। करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृतक थाइराइड तथा मुटु सम्बन्धित रोगी थिए।
टेकुकी ७८ वर्षीया महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो, झाडापखाला र बान्ता भएको थियो। अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पाटन अस्पतालले पनि किस्टमा रेफर गरिएको थियो। त्यहाँ आइसोलेसनमा उनको उपचारक्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो। मोरङ स्थायी घर भएका पुरूषलाई रूघाखोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो आएको थियो। सिकिस्त बिरामी भएपछि मृत्यु हुनुभन्दा दुई दिन अगाडि उनी अस्पताल भर्ना भएका थिए।
बारा कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले ललितपुरको किस्ट अस्पताल रिफर गरेको थियो। मृतकको आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको खुट्टा भाँचिएको, चक्कर लाग्ने समस्याले अस्पताल गएको थिए। साथै उनमा मुटुको रोग पनि थियो।
ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् ३२ वर्षीय कोरोना संक्रमित पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। धादिङ स्थायी घर भएका उनी श्वासप्रश्वास तथा मिर्गौलाका बिरामी थिए।
मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो।
महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो।
धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु भएको थियो।
अछामका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। ज्वरो र रूघाले च्यापेपछि उपचारका लागि आएकी धनुषाकी महिलाको उपचारकै क्रममा मृत्यु भयो।
सिरहा बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको विराटनगर, कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो अस्पताल आउँदा नै उनको स्वास्थ्य बिग्रिसकेको थियो। उनलाई निमोनियाको समस्या थियो।
विराटनगर १५ का ३० वर्षीय पुरूषको कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो। उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको थियो। उनको सुरूमा कोरोना नेगेटिभ आए पनि पछि जाँच्दा पोजेटिभ आएको हो।
जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना पुष्टि भएको हो। मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो।
प्रसौनी गाउँपालिका२ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ। उनी दमका बिरामी थिए। उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो। साभार सेताेपाटी अनलाइनबाट
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -