काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘नवउत्थान सम्मेलन’ लाई सम्बोधन गर्दै शर्माले आत्मनिर्भरको क्षेत्र पहिचान गरी लगानी गर्नुपर्ने बताए।व्यापार घाटा चुलिँदै गएकाले मोबाइल, गाडी, मोटरसाइकललगायत वस्तु उत्पादन गर्न निजी क्षेत्रको ध्यान जानुपर्ने उनले सुझाए। ‘ऐन, कानुन, नियम, निर्देशिकाले समस्या पारेको भए भन्नुहोस्। सहजीकरण गर्न तयार छाै मन्त्री शर्माले भने, ‘देशको विकासमा बाधा पु¥याउने जुनसुकै कानुन संशोधन गर्छौँ।’ निजी क्षेत्रलाई समस्या परेका नीति संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
अर्थतन्त्रमा केही सकारात्मक प्रभाव सुरु भए पनि कोभिड–१९ को त्रास कायमै रहेकाले सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहज नीति निर्माण भए आन्तरिक लगानी बढ्ने विश्वास व्यक्त गरे।