spot_img

गगन ३०२३ र शर्मा १९८४ मत ल्याएर कांग्रेस महामन्त्रीमा निर्वाचित

spot_img

काठमाडौं, नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। थापाले ३ हजार २३ मत र शर्माले १९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार ४३ मत वदर भएको छ। कुल ४ हजार ६८२ मत खसेको थियो।गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्। गगनले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।

महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५६, प्रदिप पौडेलले १३ सय ९३, डा. मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे। यस्तै, महामन्त्रीका अर्का उम्मेदवार राजारामले १०६ मत पाए।महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए ।

डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img