spot_img

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

spot_img

लन्डन,घरेलु मैदानमा सुरूआती अग्रता जोगाउन नसक्दा चेल्सीले एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ।स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा चेल्सीले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो।

खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाए। तर, चेल्सीको त्यो अग्रता लामो समय टिकेन। त्यसको चार मिनेटपछि जरार्ड ब्रान्टवेइटले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

घरेलु मैदानमा एभर्टनविरूद्ध ८० प्रतिशत बल पोसेसन राखे पनि फिनिसिङमा चुक्दा चेल्सी बराबरीमा रोकियो।यो बराबरीसँगै तेस्रो स्थानमा रहेको चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले तथा दोस्रोमा रहेको लिभरपुलसँग ३ अंकले पछि परेको छ। चेल्सीको १७ खेलबाट ३७ अंक छ। एभर्टन १९ अंक जोडेर १४औं स्थानमा छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img