spot_img

निजी कलेजद्वारा नर्सिङ पढाउन अस्वीकार

spot_img

काठमाडौँ, एकीकृत प्रवेश परीक्षामा सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएका नर्सिङलगायत विषयमा छात्रवृत्तिमा पठनपाठन गराउन निजी नर्सिङ कलेजले अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगमा भर्ना लिएर कक्षा लिन कलेजको सम्पर्कमा पुगेका विद्यार्थीलाई कलेजहरूले पठनपाठन गराउन नसक्ने बताएका हुन् ।पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा छात्रवृत्ति कोटामा पढ्न गएकी छात्रालाई कलेजले पढाउन अस्वीकार गरेको छ । ‘हामी ३ जना नर्भिकमा पढ्न छनोट भएका थियौं तर कलेजले नपढाउने भनेको छ,’ उनले भनिन्, ‘पढ्नै नपाउने भएर अन्यायमा परेका छौं ।’ सिफारिस भएका कलेजमा पढ्न नपाउने छात्रछात्राले आयोगमा दैनिक प्रदर्शन गर्न थालेका छन् ।

आयोगले सिट संख्याभन्दा थोरै विद्यार्थी पास भएका बीएस्सी नर्सिङ र बी–फार्मेसीलगायत विषयमा कतिपय कलेजमा छात्रवृत्ति कोटाको विद्यार्थी मात्रै पढ्न पढाएको छ । निजी कलेज सञ्चालकहरूले भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थी मात्रै छात्रवृत्ति अध्ययन गराउने भन्दै कक्षा सञ्चालन गर्न नमानेका हुन् ।

नर्सिङको कोटा ११ सय, आवेदन १० हजार
निजी कलेजको संस्था एलाइट साइन्स इन्स्टिच्युट अफ एसोसिएनका उपाध्यक्ष केएन शर्माले अधिकांश कलेजमा छात्रवृत्ति कोटाका विद्यार्थी मात्रै अध्ययन गर्न आएकाले कक्षा सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाए । ‘बीएस्सी नर्सिङ र बी–फार्मेसीमा अधिकांश कलेजमा छात्रवृत्ति कोटाका विद्यार्थी मात्रै पढ्न आएका छन्,’ उनले भने, ‘बीएन लगायतका विषयमा पनि तोकिएको कोटाको पुग÷नपुग ५० प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन्, यस्तो अवस्थामा त कसरी कक्षा सञ्चालन गर्न सकिन्छ ?’बीएस्सी नर्सिङमा ३० सिट रहेको कलेजमा २÷३ जना विद्यार्थी मात्रै छात्रवृत्ति कोटामा भर्ना भएका छन् भने बीएन, बी–फार्मेसीमा ४० कोटा रहेकामा २५ जनाका दरले विद्यार्थी भएका छन् ।

छात्रवृत्तिको कोटामा मात्रै भर्ना भएका विषयमा विद्यार्थी पढाउन नसक्ने निजी कलेज सञ्चालकहरूले प्रस्ट्याएका छन् । प्रवेश परीक्षामा सिटभन्दा कम विद्यार्थी मात्रै पास भएपछि यसअघि पनि त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, गण्डकी विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी कलेज सञ्चालकले कक्षा सञ्चालन गर्न नसक्ने घोषणा गरेका थिए । विरोधस्वरूप उनीहरूले आयोगलाई कलेजको साँचोसमेत बुझाएका थिए । कम विद्यार्थी उत्तीर्ण भएका सबै विषयमा सिट खाली भएको छ । उत्तीर्ण हुने विद्यार्थीले भने आफूहरूले मेरिटका आधारमा रोजेको शिक्षण संस्थामा पढ्न पाउनुपर्ने बताएका छन् ।

मापदण्डविपरीतका नर्सिङ कलेजको भर्ना रद्द
विद्यार्थी पठनपाठनबाट वञ्चित हुने अवस्था आएपछि आयोगले विश्वविद्यालयसँग परामर्श थालेको छ । डिनहरूलाई डाकेर कक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको आयोगले जनाएको छ । विश्वविद्यालयले छुट्टाछुट्टै कलेजमा कक्षा सञ्चालन गर्न नसके पनि विद्यार्थीलाई एउटै कलेजमा पठनपाठन गराउने प्रतिबद्धता जनाएका छन् । आयोगका सदस्यसचिव भोजराज काफ्लेले छात्रवृत्ति कोटाका मात्रै विद्यार्थी रहेका र न्यून विद्यार्थी रहेका कलेजले सम्बन्धित विश्वविद्यालयको आंगिक कलेज वा विश्वविद्यालयले तोकेको कलेजमा मात्रै कक्षा सञ्चालन गर्ने गरी छलफल अघि बढेको जनाए ।

आयोगले गत साउनमा सार्वजनिक गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजामा बीएस्सी नर्सिङ, बी–फार्मेसी, बीपीएचलगायत विषयमा सिटभन्दा कम विद्यार्थी उत्तीर्ण भएका थिए । शिक्षण संस्था सञ्चालकहरू सिटअनुसार विद्यार्थी उत्तीर्ण नहुँदा शिक्षण संस्था नै धराशायी हुने अवस्था आएको बताउँछन् । चिकित्सा शिक्षाको स्नातक तहको पढाइमा सार्वजनिक शिक्षण संस्थामा ७५, निजीमा १० र विदेशी लगानीका निजीमा २० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । पर्याप्त विद्यार्थी उत्तीर्ण नहुँदा सरकारले छुट्याएको छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीसमेत अपुग भएको हो ।

चिकित्सा ऐनविपरीत नर्सिङमा भर्ना
पोखरा विश्वविद्यालय निजी शैक्षिक संस्थाका अध्यक्ष नवराज पाण्डेले नियतवश थोरै विद्यार्थी उत्तीर्ण गराएर स्वेदशी शिक्षण संस्थालाई धराशायी बनाउने काम भएको बताए । ‘विदेश विद्यार्थी पठाउने उद्देश्य राखिएको छ, छात्रवृत्तिमा मात्रै विद्यार्थी पढाएर संस्था धान्न सक्दैनौं,’ उनले भने, ‘सञ्चालकहरू धमाधम लगानी छाडेर हिँड्न थाल्नुभएको छ ।’

बीएस्सी नर्सिङका लागि शिक्षण संस्थामा यो वर्ष १ हजार २ सय ४० विद्यार्थीको कोटा छ । प्रवेश परीक्षामा ३ हजार ४ सय ७८ जना सहभागी भएकामा ५ सय ४ जना मात्रै उत्तीर्ण भए । बी–फार्मेसीमा ९ सय २ जनाको कोटा तोकिएकामा ५ सय ४७ जनाले मात्रै पढ्न पाउने भएका छन् । बी–फार्मेसीको प्रवेश परीक्षामा भने ३ हजार १ सय ३८ जना सहभागी थिए ।

बीपीएचमा १ हजार ४ सय २० जनाको कोटा निर्धारण गरिएकामा ५ सय ६५ जना मात्रै उत्तीर्ण भए । प्रवेश परीक्षा भने २ हजार ६ सय २३ जनाले दिएका थिए । यस्तै, ७१ जनाको कोटा रहेको बीएस्सी एमआईटीमा ४५, ४ सय २५ वटा कोटा रहेको बीएस्सी एमएलटीमा १ सय १८ र १ सय ५० वटा कोटाको बीपीटीमा १ सय १४ जना मात्रै उत्तीर्ण भएका छन् । आयोगले यस वर्ष चिकित्साशास्त्रको स्नातक तह पठनपाठनका लागि ८१ वटा शिक्षण संस्थामा कोटा तोकेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img