spot_img

थप ३ जना सहित काेराेनाबाट मृत्यु हुनेकाे संख्या १०२ पुग्यो,कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?

spot_img

काठमाडाैँ,कोरोनाले थप तीन जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एकरएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ मा ९ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जसमा ८० पुरुष र २२ महिला छन् । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img