spot_img

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सञ्चालन

spot_img

चितवन,  बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा बिहीबार बिहानदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ। सडक भासिएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा सडकको तल्लो भाग कटान गरेपछि करिब एक सय मिटर सडक भासिएको थियो। सडक पूरै भासिएपछि पृथ्वी राजमार्गको यो खण्डमा यातायात पूर्ण रूपमा प्रभावित बनेको थियो।

सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण थालिएको थियो। नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम पूरा भएपछि बिहीबार बिहानदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालन गरिएको हो।

सडक पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी काम अघि बढाइएको थियो। नयाँ ट्र्याक निर्माणको काम पूरा भएपछि दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीसाधनलाई क्रमशः कटाउन थालिएको थियो। बिहीबारदेखि भने नियमित रूपमा यातायात सञ्चालन गरिएको हो।

कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सवारी सञ्चालन पनि खुलाइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरको सडक सञ्चालनमा आएपछि तत्कालका लागि तुइन खोलामा गरिएको सडक अवरोध हटाइएको जानकारी दिए।

कृष्णभीरमा लामो समय सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी काठमाडौं आवतजावत गर्न सकेका थिएनन्। त्यसको असर काठमाडौंमा अत्यावश्यक वस्तुको आपूर्तिमा समेत परेको थियो। विशेषगरी एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको थियो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पु¥याएको थियो। अन्य स्थानमा सडक सञ्चालनमा आए पनि कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएपछि यातायात सञ्चालन गर्न कठिन भएको थियो।

पृथ्वी राजमार्गको यो खण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक पुनः सञ्चालनमा आएपछि राजधानी र देशका विभिन्न भागबीचको यातायात तथा सामान ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img