काठमाडौँ,डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित जिल्ला स्तयीय पुरूष तथा महिला फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष अर्जुन बुढा मगरले जानकारी दिए ।
क्लवका अध्यक्ष बुढाका अनुसार टिम दर्ताका लागि पुष २९ गतेसम्म खुल्ला रहेको छ भने प्रतियोगिता माघ १ गते देखि ३ गते अर्थात ३ दिनसम्म चुच्चेपाटीमा रहेको भाटभटेनिको माथिल्लो तल्लामा सञ्चालन हुनेछ । उनले थपे डोल्पा जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएका विद्यार्थी लगाएत प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले सम्पर्क गर्न समेत अनुरोध छ । टिम दर्ताका लागि पुरूषलाइ ६ हजार र महिला टिमका लागि भने २ हजार मात्र तोकिएको छ । प्रति
योगिता भव्य र सभ्य हुने आयोजकको दावी सहित सबैलाइ सहभागिता जनाउन समेत क्लवको अपिल छ ।प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको छ ।विजेता हुने टिमले निम्न अनुसारकाे पुरस्कार प्राप्त गर्ने छन् ।
फुटवल तर्फः
प्रथम – रु ५१,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय -रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय -रु १५,१११ मेडल र प्रमाणपत्र
यस्तै महिला तर्फः
प्रथम – रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय -रु ५,१११ ट्रफि,मेडल र प्रमाणपत्र
थप जानकारीका लागि तलकाे सुचना पढ्नुहाेस् ।

“>

















