काठमाडौँ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबाट आत्मसमीक्षा र आत्मालोचना गर्ने बताएका छन् । पार्टीको आजबाट सुरु भएको ८औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले जारी महाधिवेशनमा पार्टी पंक्ति र आफ्नै वृहत्त आत्मासमीक्षा गरिने बताए ।
उनले पार्टी शान्ति प्रक्रियामा आएपछि कहाँ कहाँ कमजोरी भयो भन्ने विषयमा आत्मासमीक्षा र आत्मालोचना गर्ने बताए । सबैभन्दा धेरै आत्मासमीक्षा आफ्नो हुने उनले बताए । “शान्ति प्रक्रियामा हामी आएपछि माओवादी आएपछि कहाँ कहाँ चुक्यौँ भन्ने आत्मासमीक्षा हुन्छ । सबैभन्दा धेरै आत्मासमीक्षा म आफैँको हुनेछ । माओवादी कमजोर बन्नुमा मेरै धेरै गल्ती छ,” उनले भने । महाधिवेशनमा पार्टीका नेता–कार्यकर्ता तथा अन्य विभिन्न पार्टीका नेताहरूको उपस्थिति छ। तस्बिरमा हेर्नुहोस् माओवादीको महाधिवेशनका दृश्यहरू ः




















