spot_img

माओवादीको बन्दसत्रमा सुझाव ः पार्टीलाई पुनर्जीवन दिन प्रचण्ड विचारधारा भनौं

spot_img

 काठमाडौं, नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ ।प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो ।सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा)ले यो सुझाव पेश गरेका हुन् ।

प्रचण्डपथ तत्कालीन समयको विचार भएकाले अब त्यसलाई परिमार्जन गरेर ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने उनको सुझाव छ ।पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन अग्रगामी रहेको समेत उनले बताए । ‘अहिले प्रचण्डको दस्तावेज आएको छ यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने गरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाऔं,’ उनले भने ।उनले भने, ‘प्रचण्ड विचारधाराको नेतृत्वमा वृहत कम्युनिस्ट एकताको आह्वान गरौं । यसले मात्रै माओवादीलाई पुनर्जीवन दिन्छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img