spot_img

बर्नलीमाथि सहज जित निकाल्दै म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो

spot_img

काठमाडौं, म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गमा गए राति भएको खेलमा युनाइटेडले बर्नलीमाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको हो।युनाइटेडलाई जिताउन स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले गोल गर्दा एक गोल उपहार पाएको थियो।

यस्तै बर्नलीका लागि लेननले गोल फर्काएका थिए।खेलको आठौं मिनेटमा स्कट म्याक्टोमिनेको गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए।२७ औं मिनेटमा बर्नलीले आत्मघाती गोल उपहार दिएसँगै युनाइटेडको अग्रता दोब्बर भएको थियो। ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याए।तर ३८ औं मिनेटमा बर्नलीले सान्त्वना गोल फर्काएको थियो।

 पहिलो हाफमा ३–१ ले अघि बढेको युनाइटेडका लागि उक्त गोल अन्तरनै जितका लागि पर्याप्त रह्यो।यो जितसँगै लिगमा युनाइटेडले १८ खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ।पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ५० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको चेल्सीको ४२ र एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छन्।यता युनाइटेडसाग पराजित भएको बर्नली ११ अंकसहित रेलिगेशन जोनमा छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img