spot_img

डाेल्पाका प्रेम र लाक्पाः”जसले बनाए लाखाैँका दुइ पक्की पुल, ४ घण्टाकाे लेक काट्न पर्ने बाध्यता हट्याे”

spot_img

बुदराम कुलाल,काईके,डाेल्पा

प्रेम बुढा र लाक्पा लामा काईके गाउँपालिका वडा नम्वर १ मा पर्ने लिडे खोलामा बसोवास गर्ने स्थानीय हुन् । उनीहरु वर्षौ देखि यहि स्थानमा सामान्य पसल चलाएर बस्छन् । दुइतीन घर भएको उक्त ठाउँको तीरैतीर भएर ठुलीभेरी नदी बग्दछ । छार्काताङसोङ गाउँपालिका जान काईके गाउँपालिकाको ल्यासिक्याप हुँदै लिडे खोलाबाटै जानुपर्छ । वर्षौ देखि नदी तर्ने पुल नहुँदा छार्काका स्थानीय,आवतजावत गर्ने सर्वसाधरण र पर्यटकलाइ ४ घण्टाको उकाली ओराली गरेर लेक नै काट्नु पर्ने बाध्यता थियो । प्रेम र लाक्पाले वर्षौ देखि कच्ची काठेपुल बनाउँदै आएका थिए तर बर्खा याममा उर्लेर आउने भेलले सधैँ पुल बगाइ दिथ्यो ।

यसपटक भने उनीहरुले बलियो पुल बनाउने योजना बनाए । नदीको चिलिम्फु र मालम्पा भन्ने दुइ ठाउँमा बलियो काठे पुल बनाउँने योजना बनाए । दुवै जनाले निजी पहलमा पुल बनाउँने काम शुरु गरे । दुइ ओटा पुल बनाउँन २८ जना कामदारले ७५ दिन लगाए । दुइजनाको व्यक्ति पहलमा पुल निर्माणको काम सम्पन्न भैसकेको छ । गत पुष १२ गते वडा अध्यक्ष छिरिङ तुन्डुप लामाले दुवै पुलको  उद्धघाटन गरे । उद्धघाटनमा वडा अध्यक्ष सहित स्थानीय वुद्धिजिवीवर्ग र सर्वसाधरणको बाक्लो उपस्थिति समेत थियो । दुवै पुलको उद्धघाटन गर्दै वडा अध्यक्ष लामाले प्रेम र लाक्पाले गरेको कामको प्रशंसा गर्दै पुल निर्माणमा लागेको खर्चलाइ मध्यनजर गर्दै ८ लाख रुपैँया सहयोग गर्ने घोषणा गरे । एउटा पुल निर्माणकाे जिम्मा लिने वडा अध्यक्ष लामाकाे भनाइ छ ।

 ठुलो रकम खर्च भएकाले उनीहरु चिन्तामा थिए । तर उनीहरुले गरेको सकारात्मक कामका लागि यतिखेर सहयोगि हातहरु देखा पर्न थालेका छन् । काईके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकाले केहि रकम सहयोग गर्ने भएका छन् । पुल निर्माणका अभियान कर्ता प्रेम बुढाका अनुसार काईकेले एउटा पुल निर्माणको खर्च दिने र वडाबाट मिलाउने कुरा समेत भएको छ । हालसम्म काईके गाउँपालिका अध्यक्षले अंगत कुमार रानाले २ लाख रकम सहयोग गरेको र वडाले ८ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता गरेकाे बुढाले जानकारी दिए । उनले थपे छार्का ताङसोङ गाउँपालिकाका अध्यक्षले पनि एउटा पुल बराबरको खर्च ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनीहरुको कामको सम्मान गर्दै केहि ब्यक्तिहरुबाट समेत सहयोग आएको छ । स्थानीय मालवहादुर बुढाले ५ हजार,छार्का ताङसोङ गाउँपालिकाको सेरिका निमा लामाले ५ हजार सहयोग गरेका छन् ।
प्रेम वुढा र लाप्का लामाले स्थानीय सरकार देखि प्रदेश र संघिर सरकारले जनताका दुखलाइ मध्यनजर गर्दै विका गर्न अनुरोधका साथै सहयोगको लागि सबैँमा अपिल समेत गरेका छन् ।

हाल दुइपुल बनेदेखि याे पुलकाे बाटाे भएर हिड्ने सर्वसाधरणलाइ घण्टाैँ लाग्ने उकाली चढ्न नपर्ने भएकाे छ भने स्थानीय खुशी भएका छन् ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img