spot_img

नेपाल निजामती कर्मचारी युनियन डोल्पाको आठौँ जिल्ला अधिवेशन सम्पन्न

spot_img

डाेल्पा,नेपाल निजामती कर्मचारी युनियन डोल्पाको आठौँ जिल्ला अधिवेशन अाइतबार सम्पन्न भएकाे छ । अधिवेशनमा नेपाल निजामती कर्मचारी युनियन डोल्पाका अध्यक्ष कर्णदत्त न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य श्रीकान्त कार्कीको प्रमुख अतिथी र सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर नेपालीको विशेष आतिथ्यतामा सम्पन्न भएको हाे ।

२ दिनसम्म चलेकाे अधिवेशनले १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत गरेकाे छ । नयाँ कार्यसमितिकाे अध्यक्षमा दिर्घ आर. सी,उपाध्यक्ष त्रय– शेर बहादुर शाही, मिना शाही र केशव सुनार,सचिव– दलबहादुर बस्नेत,सहसचिव– गोरख बहादुर शाही,कोषाध्यक्ष– टेकराज बराल लगायत अन्य ८ जना सदस्य रहेका छन् ।

नेपाल शिक्षक संघ संघीय कार्य समिति सदस्य लक्ष्मण कार्की ज्युको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले सो अधिवेशन सम्पन्न गरेकाे थियाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img