रूपक कुलाल
डाेल्पा,गत साेमबार देखि डाेल्पाकाे जैरी गार्ड पावर हाउसकाे टरवाइन विग्रीएपछि विद्युत सेवा अवरूद्द भएकाे छ । सेवा अवरूद्दहुँदा सदरमुकाम दुनै लगाएत ठुलीभेरी नगरपालिकाका अधिकांस गाउँ र त्रिपुरासुन्दरीका केहि गाउँहरूमा एक हप्ता देखि वत्ति छैन । वत्ति नहुँदा जनजीवन कष्टकर भएकाे त छ नै सरकारी सेवा समेत अवरूद्द हुने अवस्थामा पुगेका छन् ।
पुस महिना लागेसँगै हिमाली जिल्ला डाेल्पामा हिँउ पर्नुकाे साथै चिसाे अत्यधिक बढेकाे छ । घाम धेरै नलाग्ने र वत्ति पनि नभएका कारण जनजीवन कष्टकर बनेकाे स्थानीय रणवहादुर कार्कीले जानकारी दिनुभयाे । वत्तिबन्ने अत्ताेपत्ताे छैन चिसाे बढिरहेकाेले निकै समस्या झेल्नु परेकाे उहाँकाे भनाइ छ । उहाँले थप्नुभयाे “याे समस्या पहिलाे पटक हाेइन,जैरीगार्डकाे वत्ती पटक पटक विग्रने गर्छ स्थानीय अनुवाले जनप्रतिनिधि देखि नेपाल विद्युत प्राधिकरणलाइ अनुनयविनय गर्दा पनि समस्या समाधान नभएकाे गुनासाे समेत गर्नुभयाे”।
डाेल्पाबाट ब्यापक जनगुनासाे आएपछि पत्रकार रूपक कुलालले नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश सुर्खेत कार्यालयका प्रमुख शम्भु कुशेत यादवसँग विद्युतमा देखिएकाे समस्याका विषयमा छाेटाे कुराकानी गर्नुभएकाे छ ।
डाेल्पाकाे जैरी गार्ड पावरमा हाउसमा देखिएकाे समस्या के हाे ?
गत पुष १२ गते जैरी गार्ड पावरमा हाउसमा रहेकाे टरवाइनकाे सापट भाँचिएर विद्युत सेवा अवरूद्द भएकाे हाे । मैले गम्भीर रूपमा चाँडाे भन्दा चाँडाे सेवा सुचारू गर्न पहल गरिरहेकाे छु । टरवाइनलाइ प्लेनबाट झिकाएर बुटवलमा मर्मतका लागि पठाएकाे र काम सुचारू समेत भैसकेकाे छ ।
कहिलेसम्म बन्छ त टरवाइन ?
टरवाइन १ हप्ता पहिले विग्रीयाे ५ दिनसम्म माैसम खराविका कारण प्लेन नचलेर ल्याउन सकिएन । हाल बुटवलमा मर्मतकाे काम जारी छ टेक्नीसियनले १५ दिन लाग्छ भनेकाे छ तर मैले जतिसक्दाे चाँडाे बनाउन पहल गरिरहेकाे छु ।
डाेल्पाकाे याे पावर हाउसमा पटक पटक समस्या देखिएर विद्युत सेवा अवरूद्द हुँदा जनताले सास्ती खेप्नु परेकाे छ । दिर्घकालिन समस्या समाधानका विषयमा साेच्नु भएकाे छैन ?
तपाइले महत्वपूर्ण विषय उठान गर्नुभयाे । म डाेल्पाकाे विद्युतमा देखिएकाे समस्याप्रति गम्भीर छु । म ४ दिन जति भयाे यस कार्यालयमा हाजिर भएकाे तर मैले त्यहाँकाे समस्यालाइ गम्भिरताका साथ लिएकाे छु । तत्कालका लागि टरवाइन मर्मत गरी १०-१५ दिनमा वत्ति सुचारू गर्छु,त्यसपछि म डाेल्पामा नै पुगेर अनुगमन गरि दिर्घकालिन उपाय निकाल्ने याेजना छ ।
वत्ती नहुँदा सरकारी सेवा,बैँकका कामहरू लगाएत अन्य सेवा ठप्प हुने अवस्थामा पुगेका छन् ।
उता जाजरकाेट देखि डाेल्पासम्म राष्ट्रिय प्रशारण लाइन जाेड्ने ठेकेदार बेपत्ता भएका छन् । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश सुर्खेतले दिएकाे जानकारि अनुसारकरिव ९ कराेडमा ठेक्का पाएकाे सप्तागिरी नमुना जेभीले ठेक्का पाएकाे थियाे । हाल सम्पर्कमा नभएकाे र अव अनुगमन गरेर काम नगरेकाे पाइए ठेक्का रद्द गर्ने कार्यालयकाे भनाइ छ ।