म सधैंभरि कप्तान बन्न आएको होइन ः ज्ञानेन्द्र मल्ल

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् ।नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको उनले बताए । उनले अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताए ।

उनले टिममा कसैसँग दुस्मनी नभएको उल्लेख गर्दै भने, ’हामी एकअर्काबीच दुस्मनी छैन । १०–१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ कसैसँग मनमुटाव भएको होइन । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउँथेन । वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन । त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो ।’त्यस्तै मल्लले आफूलाई बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए । उनले अगाडि भने, ’सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दुःख लाग्यो ।

 अलि गाह्रो भएको थियो । हामी कहिल्यै पनि बोर्डविरुद्ध गएका होइनौँ । आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो । सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशका लागि खेल्ने हो । मेरा लागि खेल्छु, परिवारका लागि खेल्छु मेरो मुख्य उद्देश्य नै त्यही हो ।’त्यस्तै क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि मल्लले जानकारी दिए ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयबारे सञ्चारमाध्यममा गएर बोलेका कारण कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवादले ठूलो रूप लिएको हो । त्यस्तै क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पद खोस्दै सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!