मूल्य निर्धारण नहुँदै रौतहटमा उखु क्रसिङ सुरु

काठमाडाैँ, सरकारले निर्धारण गरेकै दररेट दिने भनेपछि रौतहटको कटहरियामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ सुरु गरेको छ । सरकारले समयमै उखुको मूल्य निर्धारण नगरेका कारण उखु खेतमै सुक्ने अवस्था आएपछि किसान मूल्य निर्धारण नहुँदै मिललाई उखु बेच्न बाध्य भएका हुन् ।

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द भएसँगै कटहरिया नगरपालिकाको डुमरियामा बाबा बैजनाथ सुगर एन्ड केमिकल सञ्चालनमा आएको हो । श्रीराम सुगर मिल्सले किसानको बाँकी रकम नतिरेपछि किसानले पहिलेको तुलनामा उखु लगाउन छोडेका हुन् । सरकारले उखुको मूल्य निर्धारण नगरेका कारण उखु खेतमै सुक्ने डरले आफूले उखु काट्न सुरु गरेको डुमरियाका किसान अनिसु रहमानले बताए । बाबा बैजानाथ सुगर मिल्सले सरकारले तोकेकै मूल्य दिने बाचा गरेपछि आफूहरूले उखु काट्न सुरु गरेको कटहरियाका किसान राजनाथ साहले बताए ।

बाबा बैजानाथ सुगर मिल्सका अध्यक्ष बैजुप्रसाद बाब्रले आफूले सरकारले तोकेको मूल्य किसानलाई दिने जानकारी दिए । आफूहरूलाई सस्तोमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मात्रै मूल्य तोक्न लागेको भन्दै किसान रुष्ट छन् । जुनसुकै सिजनमा पनि समयमै सरकारले मूल्य तय नगर्दा मुख्य मार किसानलाई पर्ने गरेको महम्मदपुरका किसान हरदेव सहनीले बताए । सरकार, उद्योगी र किसानबीच उखुको मूल्य तय गर्न पटक–पटक बैठक बसे पनि अझै निष्कर्ष निस्किएको छैन । गत आर्थिक वर्ष ०७७÷७८ मा सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य पाँच सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

यो वर्ष ६ सय ५० रुपैयाँभन्दा बढी हुनुपर्ने माग किसानको छ । उखु उत्पादक संघ रौतहटका सचिव सत्येन्द्र यादवले सरकारले चाँडै उखुको मूल्य तय गर्नुपर्ने बताए । ‘अन्योल र चिन्ताबीच किसानले उखु मिल र खाडसरीलाई दिन थालिसके,’ उनले भने, ‘धेरैजसो किसान अहिले पनि मूल्य तय होला र उखु काटौँला भन्ने आशमा छन् ।’

मूल्य पनि कम पर्ने र बेचेपछि उद्योगबाट बेलैमा रकम नपाइने समस्याका कारण जिल्लामा पछिल्लो वर्षहरूमा उखु उत्पादनसमेत घट्दै गएको देखिन्छ । एक सिजनमा २५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने रौतहटमा यो वर्ष मुस्किलले १० लाख क्विन्टलसम्म उत्पादन हुने आकलन यादवको छ । गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल बन्द भएपछि पनि उखु उत्पादन घटेको हो । बर्सेनि नोक्सान बढेको भन्दै गोल्छा समूहको स्वामित्वमा रहेको श्रीराम उद्योग गत वर्षदेखि सञ्चालनमा छैन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!