डोल्पामा पनि आजबाट नेकपा एमालेकाे अधिवेशन शुरूहुदैँःअध्यक्ष पदका लागि यी ५ जनाविच भिडन्त हुने संकेत दाबी

डाेल्पा,नेकपा एमालेकाे जिल्ला अधिवेशन आजबाट ६१ जिल्लामा शुरू हुँदै छ । डोल्पामा पनि अधिवेशनकाे तयारी भव्यरूपमा भइरहेकाे छ । जिल्लाकाे पार्टी  अध्यक्षका लागि ५ जनाले दावेदारी प्रस्तुत गरेका छन् । जिल्लाका एक नेताका अनुसार अध्यक्ष पदका लागि शेरबहादुर बुढा,विष्णु रोकाया,नरबहादुर बुढा, लंक शाही र तुलाचन्द्र बुढा दाबी गरेका छन् । सचिव पदका लागि भने लंक राेकायाले हालसम्म दावी प्रस्तुत गरेका छन् । उपाध्यक्षमा दावी प्रस्तुत गर्ने भने हालसम्म नखुलेकाे बताइएकाे छ ।

सर्वसम्मत रुपमा अध्यक्ष सहित पदाधिकारी चयन गर्ने प्रयास भने जारी रहेको जिल्ला एमालेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार चुनाव भएको खण्डमा शेरबहादुर बुढा जित्ने करिब निश्चित छ तर पार्टीलाई एकताको अधिवेशनका रुपमा लिइएका कारण अध्यक्षका आकांक्षीहरुलाई मिलाएर लैजाने तयारी भएको छ ।

‘हामी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्छौं । पार्टीलाई एकताको अधिवेशनको रुपमा अघि बढाउँदै सक्षम र सबल नेतृत्व दिलाउँछौं,’ एमाले डोल्पा इन्चार्ज बद्यमीक्वारी बोहोराले भनिन्, ‘त्यसका लागि प्रयास जारी राखेका छौं । सबै कामरेडलाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन हामी जुटेका छौं ।’ सबैको ध्यान डोल्पाको अध्यक्षमा रहेका कारण अन्य पदका लागि भने उम्मेदवारी कसैले पनि घोषणा गरेका छैनन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!