डाेल्पाकाे एमालेलाइ पार्टी विभाजनकाे असरः खस्कदाे साख,कार्यकर्ता भन्छन् “हामी टुहुरा जस्तै भयाैँ”

email sharing buttonडाेल्पा,नेकपा एमालेकाे जिल्ला अधिवेशन आजबाट ६१ जिल्लामा शुरू भएकाे छ ।  डोल्पामा पनि अधिवेशनकाे राैंनक देखिन्छ । जिल्ला सदरमुकाम दुनैमा एमाले नेता कार्यकर्ताकाे बाक्लाे उपस्थिति रहेकाे छ । कार्यक्रमा बाेल्ने एमाले जिल्लाका नेताहरूले जिल्लामा पार्टीकाे बिरासदलाइ कायम राख्ने दावी गरे । एमालेकी केन्द्रीय सदस्य तथा जिल्लाकी पार्टी इन्चार्ज समेत रहेकि पदमी क्वारी बाेहराले जिल्लामा पार्टीकाे लाेकप्रियता झन् बढेकाे बताउनु भयाे । तत्कालिन पार्टीका नेता हंशबहादुर शाही र धनवहादुर बुढा लगाएतले बाटाे विराएर पार्टी छाेडेकाे बताउँदै पार्टीमा फर्कन सुझाव समेत दिनुभयाे ।

जिल्ला पार्टी अध्यक्षका दावेदार रहेका शेरवहादुर बुढाले अझै पनि जिल्लामा एमाले पहिलाे पार्टी बन्ने दावी गर्नुभयाे । नयाँ पदाधिका लागि चुनाव नगरेर सर्वसम्वत गराैँ भन्ने उहाँकाे सुझाव थियाे । पार्टीलाइ एक ढिक्का बनाएर अगाडी बढाउनका लागि समेत सर्वसम्वत गर्नुपर्ने र जनतामा पनि राम्राे संन्देश जाने उहाँकाे भनाइ थियाे ।

जिल्लामा कमजाेर बन्याे एमाले

एमाले जिल्लाका नेताहरूले यस्ताे दावी गरेपनि कार्यकर्तामा भने पछिल्लाे समय निराशा छाएकाे छ । कार्यकर्तामा निराशा देखिनुकाे मुख्य कारण हाे एमाले विभाजन । हिजाेका दिनमा जिल्लाकाे बलियाे पार्टी एमाले विभाजन पछि भने निकै कमजाेर देखिएकाे छ । विभाजन हुनुभन्दा पहिलेका पार्टीका बलिया नेता हंसबहादुर शाही, प्रतिनिधिसभा सदस्य धनवहादुर बुढा,प्रदेश “क” का सदस्य नन्दसिंह बुढा लगाएत ठुलीभेरी नगरपालिकाका मेयर गणेश बहादुर शाही लगाएत अधिकांस जनप्रतिनिधि र दर्जनाैँ जिल्ला कमिटि सदस्य हाल एकिकृत समाजवादी पार्टीमा छन् ।

जिल्लाका अधिकांस बलिया नेता समाजवादीमा गएसँगै जिल्लामा एमाले कमजाेर देखिएकाे छ । गएकाे चुनावमा त्रिपुरासुन्दरी र ठुलीभेरी नगररपालिका सहित काइके र शे फाेक्सुण्डाे गरी २ गाउँपालिका बहुमतका साथ विजयी भएकाे थियाे,भने अन्य २ स्वतन्त्र उम्मेदवारले जितेकाे डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिकाका जनप्रतिनिधिकाे पनि समर्थन एमालेलाइ थियाे । तर अहिले अवस्था परिवर्तन भएकाे छ । डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका अध्यक्ष सहित अधिकांस जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् भने ठुलीभेरी नगरपालिकाका अधिकांस जनप्रतिनिधि समेत समाजवादी पार्टीमा छन् । हाल काइके र शे फाेक्सुण्डाेका केहि जनप्रतिनिधिकाे समर्थन पार्टीलाइ छ तर हिजाेकाे भन्दा निकै कमजाेर देखिन्छ ।

अन्याैँलमा कार्यकर्ता

एमालेकी केन्द्रीय सदस्य तथा जिल्लाकी पार्टी इन्चार्ज समेत रहेकि पदमी क्वारी बाेहरा, शेरबहादुर बुढा,विष्णु रोकाया,नरबहादुर बुढा, लंक शाही,तुलाचन्द्र बुढा,लंक राेकाया र जनक केसी लगाएतका नेताले पार्टीलाइ अगाडि बढाउने अठाेटमा लागिरहेका छन् । तर कार्यकर्तामा भने केहि अन्याैंल पन र निराशा देखिन्छ । हिजाे जिल्लाका प्रमुख नेताहरूले नै पार्टी परिवर्तन गरेपछि कार्यकर्ता अन्याैंलमा परेका हुन् । अधिवेशन कार्यक्रममा उपस्थित एक कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने “जिल्लाका ठुला नेता अर्काे पार्टीमा छन्,हामी यता छाैँ । पार्टी परिवर्तन कुनै हालतमा गर्दैनाैँ तर अहिले पनि एमालेमा सांसद धनवहादुर बुढाकाे भनेका मान्ने धेरै मान्छे छन्,उनीहरूकाे भराेसा छैन। जुन छर्लङ्ग भएकाे विषय हाे ।”

अधिवेशन शुरू भएसँगै पदाधिकारीका लागि समेत चर्चा शुरू भएकाे छ । पार्टी जिल्ला अध्यक्ष शेरबहादुर बुढा,विष्णु रोकाया,नरबहादुर बुढा, लंक शाहीर तुलाचन्द्र बुढाकाे नाम चर्चामा छ । यस्तै सचिव पदका लागि भने लंक राेकायाले हालसम्म दावी प्रस्तुत गरेका छन् । उपाध्यक्षमा दावी प्रस्तुत गर्ने भने हालसम्म नखुलेकाे बताइएकाे छ । नेताहरूका अनुसार सर्वसम्वतका लागि समेत पहल भइराखेकाे छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!