spot_img

भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढी संक्रमित

spot_img

नयाँदिल्ली, कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन एक लाख ४१ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमित थपिएका हुन् । यो संख्या अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी हो ।योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ८५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय ९१ पुगेको छ । भारतभर हाल ३ लाख ८६ हजार ५ सय एक जना संक्रिय संक्रमित छन् ।मन्त्रालयले पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ९५ जना निको भएको जनाएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ५० करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।

यसैबीच, भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थानमा ७४ वर्षीय एक पुरुषको ओमिक्रोन संक्रमणका कारण ज्यान गएको जनाएको हो । मधुमेहका रोगी उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img