सुर्खेत, शहरी विकास मन्त्री रामकुमारी झाँक्री सहित नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको टोली शुक्रबार राउटे बस्तीमा पुगेको थीयो ।टोलि शुक्रवार सुर्खेतको सिम्ता गाउँपालिका–४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटे बस्तीमा पुगेको थीयो । मन्त्री झाक्रीले राउटे युवती संग मीत लगाउन र माया प्रेम साट्न राउटे बस्तिमा पुगेकी थीन ।
मन्त्री झाक्रिले राउटेलाई नेपाली समाजमा सामाहित गर्ने र आफन्तको नाता जोडेर सम्बन्ध कायम गर्ने उदेश्यले राउटे युवतीहरु सम्झना र काजलु संग मीत लगाएर माया प्रेम साटासाट गर्नुभएको हो ।लोपोन्मुख राउटे समुदायको घर निर्माणका लागि प्रस्ताव लिएर उक्त टोली पुगेको हो ।
उक्त प्रस्ताव राउटे आवास, शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउन मन्त्री रामकुमारीसहितको टोली पुगेको जनाइएको छ । नेकपा एकीकृत समाजबादीका उपमहासचिब तथा पुर्व मन्त्री प्रकाश ज्वालाले आफुले पनि लगाएको टोपी साटेर मीत लगाएका छन् ।राउटे बस्तीमा पुगेर मन्त्री रामकुमारीले ३ वटा प्रस्ताव गर्नुभएको । बास, शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्ने यता राउटेहरुले भने पहिलो प्रस्ताव वास व्यवस्थापन गरिदिन माग गरेका छन् ।
जसकारण शहरी विकास मन्त्री रामकुमारीले उनीहरुको लागि काठको फोल्डिङ वाला घर निर्माण कार्य गरिदिने बताउनुभयो । क्रमश बालबालिकाको पठनपाठनको लागि शिक्षा र स्वास्थ्य सुविधाको समेत व्यवस्थापन गर्ने जनाउनु भएको छ ।राउटे समुदायका बालबालिकालाई शिक्षा समेत प्रदान गरिने भएको छ । उनीहरुको लागि घर भने तत्काल सुरु गरिने भएको छ ।