spot_img

मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्नेः हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित

spot_img

काठमाण्डौ, मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।अझै तीन÷चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश–१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसमविद् नगरकोटीका अनुसार बिहान र बेलुका हुस्सु र कुहिरो लागेर मौसम धुम्म देखिने गरेको छ । हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने गरेका कारण कर्णालीका हिमाली जिल्लामा केही दिनदेखि उडान प्रभावित भएको हो ।

नेपालगञ्ज विमानस्थलबाट मुगु र हुम्लासहित जुम्ला, डोल्पा र बाजुरामा उडान हुन सकेको छैन । एक हप्तादेखि उडान प्रभावित भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । उडान नहुँदा यात्रु तथा बिरामी मर्कामा परेका छन्। हिमपात हुँदा हुम्ला सदरमुकाम सिमकोटमा एक फिट जमेको छ । स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । अत्याधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान छ । अत्याधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img