पीएम कप क्रिकेट पुलिसको २ रनको रोमाञ्चक जित

काठमाडौं, प्रधानमन्त्री कप टी–२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ ।दुवै टोलीले २०–२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो ।

पुलिसका आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरेपछि ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै यसै सिजनदेखि पुलिसबाट खेलेका करण केसीले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे । यस्तै आरिफ शेखले १० रन बनाए । गुल्शन झा ५ रनमा अविजित रहे ।सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३–३ तथा शेर मल्लले २ विकेट लिए । आदित्यले ३ ओभरमा ९ र नारायणले ४ ओभरमा १८ रन खर्चेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!