पीएम कप टी–२० विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो

काठमाडौं, प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो ।

आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन योगदान गर्दा दिलिप नाथ र रासिद खानले लोअर अर्डरमा राम्रो ब्याटिङ गर्दै पुलिसलाई जित दिलाए ।

भुर्तेलले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । रासिद खानले १९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । यस्तै अनिल शाहले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २२ रन योगदान गरे । दिलिप नाथले २५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २५ रन जोडे । विजयी चौका प्रहार गरेका योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए ।

बलिङमा आर्मीका शाहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो दिन कर्णाली विरुद्ध ४ विकेट लिएर म्यान अफ म्यच बनेका जितेन्द्र मुखिया पुलिस विरुद्ध २ विकेट लिँदा केही महँगा बने ।उनले ४ ओभरमा २७ रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल अगाडि नै अलआउट हुँदै १३७ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । विनोदले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए भने लगातार ओपनिङ गरेका सोमपालले ३५ बल खेल्दै ६ चौका मद्दतमा ४२ रन जोडे । हरि चौहान, कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए ।आर्मीलाई मध्ययम स्कोरमा रोक्न आर्मीकै पूर्व खेलाडी करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । गुल्शन झा र योगेन्द्र सिंह कार्कीले २–२ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!