spot_img

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक

spot_img

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका सीडीओहरुको बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। मंगलबार बसेको उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको हो। उनले भने,’ गृहमन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्छौं। सार्वजनिक स्थलमा भेला हुन पाइदैन। निर्णयको सूचना केहीबेरमा सार्वजनिक गर्छौं।’

यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ। सोमबार मात्र १४ सय बढीमा संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि देखिएको छ। हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img