प्रथम काइके कप भाेलिबाट काठमाडाैंमा शुरू हुँदैः मिडीया पाट्नरमा इमान्दार खवर
काठमाडौँ,डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा आयोजना गर्न लागेको प्रथम जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता भाेलिबाट शुरू हुँदैछ । शुत्रबार क्लवले पत्रकार सम्मेलन गरेर प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे र भाेलि ९ बजेबाट खेलहरू शुरू हुने जानकारी दिएकाे छ । पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित जिल्ला स्तयीय पुरूष तथा महिला फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष अर्जुन बुढा मगरले जानकारी दिए । क्लवका अध्यक्ष बुढाका अनुसार २४ पुरूष टिम दर्ता भएका छन् भने महिला टाेलिकाे संख्या ५ छ । प्रतियोगिता माघ १ गते देखि ३ गते अर्थात ३ दिनसम्म चुच्चेपाटीमा रहेको भाटभटेनिको माथिल्लो तल्लामा सञ्चालन हुनेछ ।
प्रतियोगिता भव्य र सभ्य हुने आयोजकको दावी सहित सबैकाे उपस्थितिका लागि अपिल समेत गरेकाे छ । प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको छ । विजेता हुने टिमले निम्न अनुसारको पुरस्कार प्राप्त गर्ने छन् ।
फुटवल तर्फः
प्रथम – रु ५१,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय –रु १५,१११ मेडल र प्रमाणपत्र
यस्तै महिला तर्फः
प्रथम – रु १५,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय–रु ५,१११ मेडल र प्रमाणपत्र

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -