spot_img

लिपुलेकमा सडक विस्तार गर्ने काम आपत्तिजनकः माओवादी

spot_img

काठमाडाैँ,माओवादी केन्द्रले लिपुलेकमा भारतीय पक्षले बनाइरहेको सडकबारे तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । माओवादी केन्द्रले सबैको सार्वभौमिकताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न पनि भारतलाई सचेत गराएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले शुक्रबार अबेर विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट भएको अनुचित र अन्यायपूर्ण निर्माणविरुद्ध कडा विरोध प्रकट गर्नसमेत माग गरेका छन् ।

‘हालसालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा हाम्रो घोर आपत्ति छ । हामी भारतीय पक्षलाई सबैको सार्वभौमिकताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ । शक्तिको बलमा गरिएको भारतीय पक्षको यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौँ,’ श्रेष्ठको विज्ञप्तिमा छ, ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौँ । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द गराउन शीध्रातिशीध्र कूटनीतिक पहल गरोस् ।’

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!