डाेल्पा पनि छायांकन भएकाे ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिकः पर्यटन विकासमा टेवा पुग्ने संकेत

काठमाडाैँ,‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ । चलचित्रकाे  टिजरकाे शुरूवातमा नै डाेल्पाकाे फाेक्सुण्डाे ताल देखाइएकाे छ । डाेल्पाकै अधिकांस भुभागमा समेत छायांकन भएकाे चलचित्रले डाेल्पाकाे पर्यटन विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएकाे छ ।

आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएकोे छ । यो चलचित्र आउँदोे बर्षकोे बैशाख १ गते रिलिज हुने भएकोे छ । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा झरना थापाकोे निर्देशन छ । यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई अब एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएकोे छ । नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!