कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौं ः प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’ प्रधानमन्त्रीदेउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको बताए ।एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!