त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने

 काठमाडौं,  त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ ।विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ ।विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।

निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!