प्रस्तावित निर्वाचन मितिबारे नेपाल मुुस्लिम सङ्घको आग्रह

 

काठमाडौं,नेपाल मुस्लिल सङ्घले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पूर्नविचार गर्न आग्रह गरेको छ।निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं २०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकामा त्यस समयमा मुस्लिम समुदायको रमजान ब्रत तथा इद पर्वपर्ने भन्दै सो मितिमा पूर्नविचार गर्न नेपाल मुस्लिम सङ्घले आग्रह गरेको हो ।

सो सङ्घका उपसभापति अताबुल मन्सुरीले विज्ञप्ति प्रकाशन गरी आगामी चैतको १९ गतेदेखि वैशाखको २० गतेसम्म एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने बताएका छन्।

त्यसैले प्रस्तावित उक्त निर्वाचनको मितिमा पूर्नविचार गर्न सङ्घले निर्वाचन आयोग र नेपाल सरकारसँग आग्रह गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्मिल सङ्घका निवर्तमान सभापति अब्दुल सतारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रोपर्ने भन्दै सो मितिमा पूर्नविचार गर्न आग्रह गरे।

उनले भने, “मतदान गर्नै गाह्रो हुने त होइन तर पनि महिना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यस व्यावहारिकतालाई मध्यनजर गरी यसमा पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्दछु ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!